बिहीबार, पुस १०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • पर्यटन प्रवर्द्धनका लागि मुन्दुम पदमार्गको चखेवामा ‘रैथाने खाना महोत्सव’

पर्यटन प्रवर्द्धनका लागि मुन्दुम पदमार्गको चखेवामा ‘रैथाने खाना महोत्सव’

 |  बुधबार, वैशाख ३, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०८२

भोजपुर- मुन्दुम पदमार्गका विकास तथा प्रवर्द्धनका लागि भोजपुरको चखेवामा रैथाने खाना महोत्सव सञ्चालन गरिएको छ। यहाँ आउने पर्यटकलाई लक्षित गरेर रैथाने खाना महोत्सव सञ्चालन गरिएको हो।

National life

महोत्सवमा टेम्केमैयुङ गाउँपालिकामा पाउने कोदो, फापर, गुन्द्रुक, भटमासको किनिमा भुटेको मकै, कुखुराको वाचिपा (तिते)लगायत परिकारसँगै स्थानीय उत्पादनको प्रदर्शनी गरिएको हो। त्यस्तै माछाको सुकुटी, पाहा, कोदोको मःम, कोदोको ढिडोको परिकारको पनि प्रदर्शनी गरिएको छ।

स्थानीयस्तरमा उत्पादन भएका वस्तुको बजारीकरणसँगै आउने पयर्टकले खान पाउने रैथाने खानेकुराको जानकारी दिने उद्देश्यका साथ रैथाने खाना महोत्सव सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन्। मुख्य रूपमा मुन्दुम पदमार्गमा आउने पर्यटकलाई यहाँको खानाको परिकारको विषयमा जानकारी दिन महोत्सव आयोजना गरिएको उपाध्यक्ष राईको भनाइ छ।

गाउँपालिकाको संयोजन र पर्यटनमा आधारित पर्यटन विकास परियोजनाको आर्थिक सहयोगमा महोत्सव सञ्चालन गरिएको हो।

महोत्सवले यहाँका स्थानीय उत्पादनको बजारीकरणसँगै स्थानीयवासीको जीविकोपार्जनमा टेवा पुग्ने गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए। मुन्दुम भ्रमण वर्ष सन् २०२५ लाई सफल बनाउन महोत्सव आयोजना गरिएको उनको भनाइ छ।

Laxmi sunrise bank
kumari

चखेवामा रैथाने महोत्सव सञ्चालनले स्थानीयवासी उत्साहित भएका छन्। यहाँ आउने पर्यटकलाई लक्षित गरेर स्थानीय उत्पादनका परिकार खुवाउने होटल व्यावसायीहरूको भनाइ छ। पर्यकटलाई लक्षित गरेर नयाँ वर्षको अवसरमा दुई दिने महोत्सव सञ्चालन गरिएको हो। रासस

प्रकाशित: Apr 16, 2025| 14:41 बुधबार, वैशाख ३, २०८२
प्रतिक्रिया दिनुहोस्