बिहीबार, पुस १०, २०८२

गुल्मीका ४८ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा

 |  शुक्रबार, चैत २९, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २९, २०८१

गुल्मी- सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रमप्रति जिल्लाका नागरिकको आकर्षण बढ्दै गएको छ। स्वास्थ्य उपचारमा सहज पहुँच स्थापित गराउने उद्देश्यले सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रमबाट जिल्लाका ४८.६ प्रतिशत नागरिकले सेवा लिएका छन्।

National life

सर्वसाधारणलाई गुणस्तरीय उपचार प्रदान गरी स्वास्थ्य सेवाको सुनिश्चित गर्ने लक्ष्यका साथ जिल्लामा ०७६ माघ १९ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको थियो। १२ पालिका रहेको जिल्लामा ०७८ को जनगणनाअनुसार दुई लाख ४६ हजार ८३६ जनसंख्या छ।

हालसम्म जिल्लाका एक लाख १९ हजार ९५४ जनाले स्वास्थ्य बिमा गराएका जिल्लास्थित स्वास्थ्य बिमा बोर्डका संयोजक सुवास घिमिरेले जानकारी दिए। सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रमको महत्त्व र प्रभावकारिता नागरिकले बुझ्न थालेपछि बिमा गर्नेको संख्या बढिरहेको उनले बताए।

घिमिरेका अनुसार जिल्लामा सबैभन्दा बढी रेसुंगा नगरपालिकाका २३ हजार ३९ र सबैभन्दा कम मदानेका तीन हजार ३६० नागरिकले स्वास्थ्य बिमा गराएका छन्।

सरकारले ज्येष्ठ नागरिक, एचआइभी संक्रमित, कुष्ठरोगी र जटिल खालका क्षयरोगीको निःशुल्क स्वास्थ्य बिमा गरिदिने गरेको संयोजक घिमिरेले बताए।

Laxmi sunrise bank
kumari

ज्येष्ठ नागरिक (७० वर्षमाथिका) १६ हजार ९५४, एचआइभी संक्रमित १६५ परिवारको ४८१, कुष्ठरोगी तीन परिवारका १२ जना, ‘क’ वर्गका अपांगता भएका ७७१ परिवारका तीन हजार ८८३ र जटिल खालको क्षयरोग लागेका छ। परिवारका २५ जना नागरिकले निःशुल्क स्वास्थ्य बिमाको सुविधा लिएका स्वास्थ्य बिमा बोर्ड गुल्मीले जनाएको छ। रासस

प्रकाशित: Apr 11, 2025| 14:41 शुक्रबार, चैत २९, २०८१
प्रतिक्रिया दिनुहोस्