बिहीबार, कात्तिक २०, २०८२

मधेशका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव

 |  सोमबार, चैत २५, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत २५, २०८१

मधेश- मधेश प्रदेशका सरकारी स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको छ। मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका स्वास्थ्य आपूर्ति केन्द्रमा पटकपटक निर्देशक परिवर्तन भएसँगै त्यहाँ विवाद हुँदा औषधि खरिद हुननसकेको बताइएको छ।

Kumaribank

औषधि अभाव भएपछि विपन्न वर्गका बिरामीहरू समस्यामा परेका छन्। हाल प्रादेशिक अस्पतालहरूले आन्तरिक स्रोतबाट अत्यावश्यक औषधि खरिद गरेर सेवा सञ्चालन गरे पनि सरकारले तोके अनुसार निःशुल्क औषधि बिरामीलाई उपलब्ध गराउन सकेको छैन।

मधेश प्रदेशको १३६ स्थानीय तहमा प्रयोगशाला स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि आवश्यक किट नभएका कारण थप समस्या भएको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशालाका तत्कालीन निर्देशक डा. श्रवण मिश्रलाई हटाइएको थियो। मिश्र उच्च अदालत जनकपुरधामको आदेश पछि पुनः जिम्मेवारीमा फर्किएका छन्।

प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा औषधि आपूर्तिका लागि प्रक्रिया अगाडि बढाइ सकिएको र चाँडै आपूर्ति हुने मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए। सरकारले उपलब्ध गराउने ९८ प्रकारका औषधिमध्ये आधा पनि उपलब्ध गराउन सकेको छैन।

प्रकाशित: Apr 07, 2025| 07:38 सोमबार, चैत २५, २०८१
प्रतिक्रिया दिनुहोस्