आइतबार, साउन १७, २०८३

जुम्लाका दुई विकट वडा सडक सञ्जालमा जोडिए

 |  बिहीबार, चैत २१, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २१, २०८१

जुम्ला- तातोपानी गाउँपालिकाका दुई वडा सडक सञ्जालमा जोडिएका छन्। पालिकाको विकट वडा मानिने ७ र ८ वडालाई सदरमुकामसम्म जोड्ने उद्देश्यले सडक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईँले बताए।

गाउँपालिका अध्यक्ष चौलागाईंले भने, “सडक सञ्चालन भएसँगै तातोपानी गाउँपालिका–७ र ८ का बासिन्दाहरूले लामो बाटो हिँड्नुपर्ने कष्टबाट मुक्ति पाएका छन्। यसअघि यी वडाका बासिन्दाले तिला गाउँपालिका हुँदै यात्रा गर्नुपर्ने बाध्यता थियो।

सडक निर्माणलाई पालिकाले विशेष प्राथमिकतामा राखेर काम गरेको छ। विकट क्षेत्रलाई पालिकाको केन्द्रसँग जोड्ने योजना सफल भएको गाउँपालिका अध्यक्ष चौलागाईंले जानकारी दिए। सडकलाई कालोपत्र गर्न बजेट अभाव रहेकाले हाललाई ग्रोभेलसम्म गर्ने योजना रहेको उनले सुनाए।

प्रकाशित: Apr 03, 2025| 08:45 बिहीबार, चैत २१, २०८१
प्रतिक्रिया दिनुहोस्