मंगलबार, जेठ १९, २०८३

जनकपुरका होटलमा मुख्यमन्त्री सिंहको अनुगमन

 |  आइतबार, चैत १०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत १०, २०८१

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरका होटल अनुगमन गरेका छन्। केही होटलमा सफा, स्वच्छ तथा स्वस्थ खाना उपलब्ध नहुने गरेको गुनासो आएपछि मुख्यमन्त्री सिंहले अनुगमन थालेका हुन्।

National life

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधाम र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त टोलीसँगै मुख्यमन्त्री सिंहले जनकपुरस्थित होटल जानकी भ्यू, हंसराज स्विट, लक्ष्मी मिष्ठान्न भण्डार र रघुपति मिष्ठान्न भण्डारको अनुगमन गरेका हुन्।

सुरक्षित तथा स्वच्छ खानेकुरा उत्पादन, वितरण र उपभोगमा उपभोक्ताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले होटल अनुगमन सुरु गरिएको मुख्यमन्त्री सिंहले बताएका छन्। होटल अनुगमन कार्यलाई सम्बद्ध सरकारी संयन्त्रले निरन्तरता दिने उनको भनाइ छ।

अनुगमनका क्रममा अधिकांश होटललाई मापदण्डअनुसार भान्साकोठा सफा तथा व्यवस्थित राख्न निर्देशन दिइएको छ। हंसराज स्विटबाट उत्पादकको नाम, उत्पादन तथा म्याद गुज्रिने मिति नभएका ११ प्याकेट म:म जफत गरी नष्ट गरिएको छ भने न्यू जानकी भ्यू होटलबाट दुर्गन्धित एक बाल्टिन तरकारी र कीरा परेको दाल तथा खुला ठाउँमा राखिएको तरकारी र लक्ष्मी मिष्ठान्न भण्डारबाट किरा परेको दस किलो मैदा जफत गरी नष्ट गरिएको छ।

आइतबार जनकपुरधामका कुल दश होटलको अनुगमन गरिएको छ।

Shivam cement

प्रकाशित: Mar 23, 2025| 20:38 आइतबार, चैत १०, २०८१
प्रतिक्रिया दिनुहोस्