शुक्रबार, मंसिर १२, २०८२

बारामा एघार हजार टन तेल उत्पादन

 |  आइतबार, चैत १०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत १०, २०८१

बारा- यहाँका किसानले तेलहन खेती गरी ११ हजार दुईसय मेट्रिकटन तेल उत्पादन गरेका छन्।

National life

किसानले १० हजार हेक्टर क्षेत्रफलमा तेलहनखेती गरी प्रतिहेक्टर एकसय एक मेट्रिकटनका दरले तेलहन उत्पादन गरेका जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायणप्रसाद साहले जानकारी दिए।

केन्द्रका अर्थ विज्ञ गणेश महराले यहाँ किसानले पछिल्लो समय तेलहनखेती विस्तार गर्दै लगेकाले उत्पादन पनि बढिरहेको बताए।

उनका अनुसार गत वर्ष १० हजार दुईसय हेक्टर क्षेत्रफलमा खेत गरी प्रतिहेक्टर एक दशमलव एक मेट्रिकटनका दरले ११ हजार दुईसय २० मेट्रिकटन तेलहन उत्पादन भएको थियो।

आर्थिक वर्ष २०७९/८० मा १० हजार तीनसय, आव २०८०/८१ मा १० हजार दुईसय र आव २०८१/८२ मा १० हजार हेक्टर क्षेत्रफलमा तेलहनखेती भएको प्रमुख साहले जानकारी दिए। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 23, 2025| 20:01 आइतबार, चैत १०, २०८१
प्रतिक्रिया दिनुहोस्