शुक्रबार, मंसिर १२, २०८२

तरकारीको विषादी जाँच्न बनेको प्रयोगशाला अलपत्र

 |  आइतबार, चैत १०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत १०, २०८१

सुर्खेत- कर्णाली प्रदेशमा भित्रिने तरकारी तथा फलफूलमा विषादीको मात्रा जाँच गर्न भेरीगंगा नगरपालिका-४ हर्रेमा स्थापना भएको विषादी प्रयोगशाला अलपत्र परेको छ। प्रदेश सरकारले आवश्यक बजेट र जनशक्तिको व्यवस्थापन नगर्दा प्रयोगशाला अलपत्र परेको हो। 

National life

कर्णाली प्रदेश सरकारले ६ वर्षअघि ७० लाख रूपैयाँ लागतमा विषादी प्रयोगशाला स्थापनाका लागि भवन निर्माण गरेको थियो। कर्मचारी र प्रयोगशालामा आवश्यक उपकरण खरिद गर्ने पर्याप्त बजेट नभएपछि भवन सम्पन्न भए पनि सञ्चालनमा आउन नसकेको प्रयोगशालाका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ चित्रबहादुर रोकायले बताए।

प्रदेशको एकीकृत कृषि प्रयोगशालाका अनुसार भवन निर्माण भए पनि बजेट तथा जनशक्ति नहुँदा सञ्चालन हुन नसकेको हो। रोकायले प्रयोगशाला निर्माण भए पनि आवश्यक उपकरण खरिद र जनशक्ति नहुँदा सञ्चालन हुन नसकेको बताउँदै सरोकार भएका निकायसँग बजेट र जनशक्ति व्यवस्थापनका लागि आग्रह गरिएको जानकारी दिए। उनका अनुसार हालसम्म पनि व्यवस्थापन हुन नसक्दा सञ्चालनमा समस्या भइरहेको हो। 

मन्त्रालयले हर्रे र सल्यान कपुरकोटको प्रयोगशाला सञ्चालन गर्न २९ लाख रूपैयाँमात्र विनियोजन गरेको जनाउँदै प्रयोगशालाका प्रमुख रोकायले उक्त रकम कम हुने भएकाले ६५ लाख रूपैयाँ बजेट माग गरी मन्त्रालयमा पठाइएको उल्लेख गरे।

'आवश्यक पर्ने उपकरण, सामग्री खरिद गर्न बजेट पुग्दैन। सुर्खेत र कपुरकोटको प्रयोगशालाका लागि ६-६ जना कर्मचारी माग गरेका छौँ। तर, अहिलेसम्म उपलब्ध हुनसकेको छैन', उनले भने।

Laxmi sunrise bank
kumari

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रयोगशाला सञ्चालनका लागि रकम कम भएकाले रकमान्तर गर्ने तयारी भइरहेको मन्त्रालयका प्रवक्ता कृषि प्रसार अधिकृत धनबहादुर कठायतले जानकारी दिए। रासस

प्रकाशित: Mar 23, 2025| 19:01 आइतबार, चैत १०, २०८१
प्रतिक्रिया दिनुहोस्