मंगलबार, साउन १९, २०८३

शंकास्पद देखिएन सुशान्त सिंह राजपूतको मृत्यु

 |  आइतबार, चैत १०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत १०, २०८१

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युसम्बन्धी अनुसन्धानमा सिबिआईले अदालतमा क्लोजर रिपोर्ट दर्ता गरेको छ।  

बीबीसी हिन्दीका अनुसार ४ वर्ष ६ महिनामा सिबिआईले क्लोजर रिपोर्ट निकालेको हो। आत्महत्याको लागि सुशान्तलाई उकास्ने कुनै प्रमाण नभएको रिपोर्टमा उल्लेख छ। यसअघि एम्सको टिमले पनि आफ्नो रिपोर्टमा यही निष्कर्ष निकालेको थियो।

सुशान्त सिंह राजपूत १४ जुन २०२० मा बान्द्रास्थित आफ्नो घरमा मृत फेला परेका थिए। यो मामिलामा सुशान्तकी प्रेमिका भनिएकी रिया चक्रवर्ती २७ दिन जेलमा बसेकी थिइन्।

सिबिआईले आफ्नो रिपोर्टमा सुशान्त सिंह राजपूतको मृत्यु आत्महत्या नै भएको निर्क्योल गरेको छ। अनुसन्धानको क्रममा उनी कसैबाट दबाबमा नरहेको पुष्टि भएको छ। सिबिआईले यस घटनामा षड्यन्त्रको कुनै संकेत नभएको र सुशान्तको सामाजिक सञ्जाल च्याटहरूमा पनि कुनै छेडछाड नभएको निष्कर्ष निकालेको छ।

 

प्रकाशित: Mar 23, 2025| 15:07 आइतबार, चैत १०, २०८१
प्रतिक्रिया दिनुहोस्