शनिबार, जेठ १६, २०८३

दिक्तेल रूपाकोट मझुवागढीले बाँड्यो किसानलाई राँगा

 |  आइतबार, चैत १०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत १०, २०८१

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले किसानलाई राँगा वितरण गरेको छ। 

National life

नगरका किसानलाई स्वरोजगार बनाउँदै नगरपालिकालाई राँगाको मासुमा आत्मनिर्भर बनाउन राँगा वितरण गरिएको नगरपालिकाले बताएको छ।

आर्थिक वर्ष २०८१-८२ को बजेटबाट तराईबाट खरिद गरेर ल्याइएका करिब दुई सय राँगा वितरण गरिएको नगरपालिकाका उपप्रमुख विसन राईले बताए। उनका अनुसार नगरको ७५ प्रतिशत र किसानको २५ प्रतिशत गरी ६२ लाखको लागतमा राँगा वितरण गरिएको हो।

यसअन्तर्गत वडा नम्बर ३ बाम्राङमा १६ लाख, वडा नम्बर ४ खाल्लेमा सात लाख, वडा नम्बर ५ लङ्याङमा १२ लाख, वडा नम्बर ७ दोर्पाचिउरीडाँडामा तीन लाख र वडा नम्बर १५ विजयखर्कमा आठ लाख ५० हजार बराबरको राँगा वितरण गरिसकिएको छ।

कृषक समूहको खातामा रकम जम्मा गरेर समूह आफैंले खरिद, ढुवानी त्यसपछि वितरण गर्ने गरेको नगरपालिकाले जनाएको छ।

Shivam cement

प्रकाशित: Mar 23, 2025| 12:38 आइतबार, चैत १०, २०८१
प्रतिक्रिया दिनुहोस्