सोमबार, चैत १८, २०८१

अन्न नफल्ने भिरालोमा वनतरुल खेती

 |  आइतबार, चैत १०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, चैत १०, २०८१

vianetvianet

इलाम- अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुंगेको १४ रोपनी भिरालो जमिनमा वनतरुलको व्यावसायिक खेती थालिएको छ । 

triton college

हात्तीढुंगे टोलका १३ जनाले कृषक समूह गठन गरी व्यावसायिक वनतरुल खेती सुरु गरेका हुन् ।

हात्तीढुंगे कृषक समूहका अध्यक्ष प्रेमकुमार राईका अनुसार वार्षिक रु २५ हजार भाडा तिर्नेगरी भिरालो जग्गामा तरुलखेती सुरु गरिएको हो । समूहलाई माङसेबुङ गाउँपालिकाले रु एक लाख सहयोग गरेको छ । माङसेबुङ गाउँपालिकाले परम्परागत कन्दमूलखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत उक्त रकम उपलब्ध गराएको हो ।

किसान समूहले वनतरुलसँगै गिठा र भ्याकुरको समेत खेती गर्दै थालेको छ । हाल बगानमा १६ हजार बोट वनतरुल, चार सय ५० बोट भ्याकुर र एक सय ५० बोट गिठा हुर्काएको छ । तीन वर्षपछि मात्र तरुल उत्पादन हुने जनाइएको छ । खेती विस्तारका लागि बीउ जंगलबाट नै संकलन हुने गरेको छ ।  

गहिरो खाल्डो खनेर प्रशस्त मल राखेर एकपटक बीउ रोपेपछि पटकपटक रेखदेख गर्नु नपर्ने भएकाले तरुलखेती अन्य खेतीभन्दा सजिलो भएको उनले बताए।

प्रकाशित: Mar 23, 2025| 11:17 आइतबार, चैत १०, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्