मंगलबार, पुस ८, २०८२

संसद्‍देखि सामाजिक सञ्जालसम्म जुहारी

ज्ञानेन्द्र शाहीलाई निःशुल्क इतिहास पढाउने अफर

 |  सोमबार, चैत ४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत ४, २०८१

काठमाडौं- राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई जुम्लाबाटै समानुपातिक प्रतिनिधित्व गर्ने माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामुले इतिहासको निःशुल्क ट्युसन पढाउने प्रस्ताव राखेकी छन्।

National life

माओवादी सांसद छिरिङले सोमबार शाहीलाई इतिहासको राम्रो ज्ञान नभएको भन्दै नरभूपाल शाहदेखि पारस शाहसम्मको इतिहास निःशुल्क पढाइदिने बताएकी हुन्।

जुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद शाही र माओवादीकी समानुपातिक सांसद छिरिङबीच बेला-बेलामा संसद्भित्रै पनि आरोप प्रत्यारोप चल्ने गरेको छ।

आइतबार प्रतिनिधि सभामा एमाले सांसद रघुजी पन्तले ज्ञानेन्द्र शाहीलाई इतिहास पढाएको भन्दै शाहीले अहिले बोकेका ज्ञानेन्द्र शाह राजा बन्ने कतैबाट पनि योग्यता र रोलक्रममा नरहेको दाबी गरेकी छन्।

यस्तो छ माओवादी सांसदले राप्रपा सांसद शाहीलाई दिएको चुनौती
हिजो संघीय संसदमा माननीय रघुजी पन्तले माननीय ज्ञानबहादुर शाहीलाई इतिहास पढाउनुभयो। मैले पनि माननीय ज्ञानबहादुरलाई अर्को इतिहासको पनि अवगत गराउन चाहन्छु। तत्कालीन राजा महेन्द्र शाहको जेठो छोरो रवीन्द्र शाह राजा हुनुपर्नेमा दरवारियाले रोलक्रम मिचेर जबरजस्ती वीरेन्द्र शाहलाई राजा बनाए। रवीन्द्रलाई एकजना अविवाहित महिला गीता गुरुङबाट जन्मेको पहिलो सन्तान भएकै कारण अपहेलित गरेर राजदरबार बाहिर राखिएको थियो। शाहकालीन इतिहास वर्ग र जातमा विभेद गर्ने नस्लीय चिन्तनले ग्रस्त सामन्ती सोचको जड थियो भन्ने यहाँ बाट पुष्टि हुन्छ। माननीय ज्ञानबहादुरले अहिले बोकेको अहिलेको पूर्वराजा कहीँ कतैबाट राजा होइनन्।

Laxmi sunrise bank
kumari

माननीय ज्ञानबहादुर शाही बतासजस्तै बनेर इतिहास नबुझी फोकटमा  व्यापारी ज्ञानेन्द्रको खुट्टा ढोगिरहेका छन्।

कि भन्नु परो ‘जसको सीता खाइ उसको गीता गाइ’ भनेर, होइन भने तपाईँले अन्धकारमा हुनुहुन्छ माननीय ज्ञानबहादुर ! उल्टो खोलो फर्काउन हिँडेका हाम्रा जुम्लाला माननीय ज्ञानबहादुरले सुख्खा खोलो बोक्नु कति अज्ञानी बन्नु भएको हँ ?

तपाईँले बोक्ने नै हो भने महेन्द्रको जेठो सन्तान बोक्नुस्। नभए उनको पनि जेठो सन्तान बोक्नुस्। भरिया नै बन्ने हो भने सक्कली मालिकको बन्नुस्। रोलक्रम मिचेर राजा भएका वीरेन्द्रको परिवार मारिएलगत्तै हत्त न पत्त श्रीपेच खोसेर लगाएका ज्ञानेन्द्र त नक्कली राजा हुन्। शाह वंशको इतिहासले त्यही भन्छ। राजावादीले आफ्नै राजामाथि विभेद गर्ने। नजाने इतिहास पढ्न आउनुहोस्। म तपाईँलाई नरभूपालदेखि पारससम्मको इतिहास नि:शुल्क पढाइदिन्छु। यो तपाईँको लागि आवश्यक छ। तपाईँ मेरै जिल्लाको भाइ भएकाले यो अफर दिएको नत्र अन्य राजावादीलाई शुल्क लाग्छ।

प्रकाशित: Mar 17, 2025| 11:46 सोमबार, चैत ४, २०८१
प्रतिक्रिया दिनुहोस्