मंगलबार, पुस ८, २०८२

उत्तर लेख्न थालेपछि एकाएक परीक्षा स्थगित

 |  आइतबार, चैत ३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३, २०८१

मध्यपश्चिम विश्वविद्यालयले आइतबार बिहान सुरु भइसकेको परीक्षा स्थगन गरेको छ।

National life

ग्राजुएट स्कूल अफ ह्युमानिटीज एण्ड सोसल साइन्स अन्तर्गत स्नातक तहको पहिलो र सातौं सेमेष्टरको परीक्षा स्थगन गरिएको हो।

स्ववियु चुनावलाई देखाएर सुरु भइसकेको परीक्षा रोकिएको हो। यसमा विश्वविद्यालयले चरम लापरबाही गरेको भन्दै विद्यार्थीहरू असन्तुष्ट बनेका छन्।

बिहान साढे ६ बजे सुरु भएर प्रश्नपत्र र उत्तरपुस्तिका वितरण भइसकेका थिए। विद्यार्थीले उत्तर लेख्न सुरु गरिसकेका थिए। विश्वविद्यालयले परीक्षा स्थगित भएको विषयमा आधिकारिक र स्पष्ट जानकारी पनि दिएको छैन।

विश्वविद्यालयले  चैत १८ गते स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। विश्वविद्यालयले जारी गरेको सूचनामा चैत ३ गते बसेको संयुक्त विभागीय बैठकको निर्णय नं. १ अनुसार स्नातक तह प्रथम र सातौँ सेमेष्टरको परीक्षा अर्को सूचना नआएसम्म स्थगित गरिएको उल्लेख गरिएको छ। यद्यपि कारण भने खुलाइएको छैन।

Laxmi sunrise bank
kumari

 

 

प्रकाशित: Mar 16, 2025| 11:03 आइतबार, चैत ३, २०८१
प्रतिक्रिया दिनुहोस्