आइतबार, साउन १८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • पूर्वराजाको स्वागतमा फोहोर र भौतिक क्षति भएपछि महानगरले राप्रपालाई गर्‍यो एक लाख जरिवाना

पूर्वराजाको स्वागतमा फोहोर र भौतिक क्षति भएपछि महानगरले राप्रपालाई गर्‍यो एक लाख जरिवाना

 |  आइतबार, फागुन २५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०८१

vianetvianet

काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जरिवाना गरेको छ। आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने क्रममा महानगर क्षेत्र फोहोर भएको र भौतिक क्षति भएको भन्दै महानगरले पार्टीलाई एक लाख जरिवाना गरेको हो।

महानगरले आइतबार काटेको पत्रमा भनिएको छ-

प्रस्तुत विषयमा मिति २०८१ फागुन २५ गते ताहाँ पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडक पेटी तथा आईल्याण्ड र सोमा रहेका बिरुवाहरु साथै रेलिङमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरी वातावरण प्रदुषण गरेकोले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु. १००,०००/०० (अक्षरुपी एक लाख जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ।'

पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिइएको छ।
 

प्रकाशित: Mar 09, 2025| 21:14 आइतबार, फागुन २५, २०८१
प्रतिक्रिया दिनुहोस्