सोमबार, असार १, २०८३

सरकारी लेटरप्याडमा 'श्री ५ महाराजधिराज' लेखेपछि...

 |  आइतबार, फागुन २५, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०८१

सरकारी लेटरप्याडमै पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजधिराज’ सम्बोधन गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गतको पोर्चुगलका पर्यटन दूत रमेशराज बास्तोलालाई स्पष्टीकरण सोधिएको छ।

National life

मन्त्रालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले पर्यटन दूत बास्तोलालाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन्।

गैरजिम्मेवारपूर्ण कार्य गरेवापत पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि, २०७९ को दफा ५ बमोजिम पर्यटन प्रवर्द्धकको जिम्मेवारीबाट तत्काल नहटाउनुपर्ने कुनै कारण भए २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न उनलाई निर्देशन दिइएको छ।

पर्यटन दूत बास्तोलाले आफ्नो फेसबुक पेजमा ‘श्री ५ महाराजाधिराज सरकारको शुभकामना सन्देशको स्वागत तथा ऐक्यवद्धता’ विषयक पत्र सार्वजनिक गरेका थिए।

सरकारी लेटरप्याडमै ‘श्री ५ महाराजाधिराज’ लेखेर उनले आफ्नो पदीय जिम्मेवारी विपरीत कार्य गर्नुका साथै सरकारी लोगो तथा लेटरप्याडको समेत दुरुपयोग गरेको मन्त्रालयको भनाइ छ।

Shivam cement

प्रकाशित: Mar 09, 2025| 20:00 आइतबार, फागुन २५, २०८१
प्रतिक्रिया दिनुहोस्