सोमबार, असार १, २०८३

गोकर्णेश्वरमा एक महिलाको हत्या, नाबालकसहित पाँचजना पक्राउ

 |  आइतबार, फागुन २५, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०८१

काठमाडौंको गोकर्णेश्वरमा एक महिलाको हत्या भएको छ। हत्या आरोपमा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ। 

National life

शनिबार बिहान करिब ११:५० बजेतिर गोकर्णेश्वर नगरपालिका-७ नामी कलेज नजिक बागमती खोलाको बीच भागमा बोराभित्र पानीमा डुबेको अवस्थामा एक महिलाको शव भेटिएको थियो।

अन्दाजी वर्ष ३०-३५ की महिला मृत फेला परेको सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट प्रहरी टोली पुगेर शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको थियो।

प्रारम्भिक अनुसन्धानको क्रममा महिलाको हत्या भएको देखिएको प्रहरीको भनाइ छ। प्रहरीले उनको हत्यामा संलग्न रहेको आरोपमा एक नाबालकसिहत पाँच जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। 

पक्राउ पर्नेमा सर्लाहीको बागमती ढुङगेखोला घर भई हाल काठमाडौं गोठाटार बस्ने २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौडा शिखरपानी घर भई हाल गोठाटार कृष्ण मन्दिर बस्ने २० वर्षीय सुरेश तामाङ, नुवाकोटको मग्याङ- ४ देउराली घर भई हाल गोठाटार कृष्ण मन्दिर बस्ने २४ वर्षीय रोशन तामाङ र सिन्धुपाल्चोकको तिपिने घर भई हाल गोकर्णेश्वर बस्ने २० वर्षकी पूजा परियार छन्। अर्का एक जना भने नाबालक छन्। उनको पहिचान खुलाइएको छैन। 

Shivam cement

काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिई जिल्ला प्रहरी परिसर काठमाडौंले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Mar 09, 2025| 19:10 आइतबार, फागुन २५, २०८१
प्रतिक्रिया दिनुहोस्