मंगलबार, पुस ८, २०८२

पानी ट्यांकी सफा गर्दा चार कामदारको मृत्यु

 |  आइतबार, फागुन २५, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०८१

भारत  मुम्बईको नागपाडा क्षेत्रमा आइतबार निसास्सिएर चार मजदुरको मृत्यु भएको छ।

National life

समाचार एजेन्सी पीटीआईका अनुसार निर्माणाधीन भवनमा पानी ट्याङ्की सफा गर्ने क्रममा कामदारहरूको मृत्यु भएको हो।

निसास्सिएर घाइते भएका ५ जनामध्ये ४ जनालाई अस्पतालमा मृत अवस्थामा ल्याइएको थियो भने एक जना मजदुरको उपचार भइरहेको छ।

मृत्यु हुनेमा १९ वर्षीय हसिपाल शेख, २० वर्षीय राजा शेख, ३६ वर्षीय जियाउल्लाह शेख र ३१ वर्षीय फुरहान शेख रहेका छन्। घटना दिउँसो १२:३० बजेतिर गुड लक मोटर ट्रेनिङ स्कूल नजिकै भएको थियो।

प्रकाशित: Mar 09, 2025| 18:55 आइतबार, फागुन २५, २०८१
प्रतिक्रिया दिनुहोस्