सोमबार, फागुन २६, २०८१

पूर्वराजाको कति मानिस उत्रिए सडकमा ?

 |  आइतबार, फागुन २५, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०८१

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको केही समयको भ्रमण पूरा गरी आज काठमाडौँ फर्किएका छन्।

health

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजनीतिक दलका नेता तथा कार्यकर्तासहित पूर्वराजा समर्थित व्यक्ति तथा सङ्घसंस्थाले उनलाई स्वागत गरेका थिए।  

राष्ट्रिय प्रजातन्त्र पार्टीले आह्वान गरेको स्वागत प्रदर्शनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल', राप्रपा-नेपाल लगायतका विभिन्न समूहहरू सहभागी भएका थिए।

पूर्वराजाको स्वागतमा विमानस्थलको मूल ढोकाबाहिर उभिएका अधिकांशको हातमा राष्ट्रिय झन्डा देखिन्थ्यो। राप्रपासहित पूर्वराजा समर्थित विभिन्न समूहको आह्वानमा भएको यस किसिमको कार्यक्रमबाट विमानस्थल–चक्रपथ क्षेत्रको यातायात व्यवस्था प्रभावित भएको थियो। 

विमानस्थल क्षेत्रको संवेदनशील पक्षलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा गरिएको थियो।  

पोखरा केन्द्रित भई आसपासका क्षेत्रको धार्मिक भ्रमणमा निस्केएका पूर्वराजा ज्ञानेन्द्र आज पोखराबाट काठमाडौँ आएका हुन्। पछिल्ला सातामा उनले पोखरामा उनले आफ्ना दाजु राजा वीरेन्द्रको सालिक अनावरण गर्नुका साथै पोखरा, बाग्लुङ र स्याङ्जाका मठमन्दिरहरू दर्शन गरेका थिए।

पूर्वराजा शाहको स्वागतमा करिब साढे १४ हजार समर्थक सडकमा उत्रिएको आँकलन प्रहरीले गरेको छ।

raja-gyanendra-shaaha-king-1741518013.jpg
ट्राफिक प्रहरीका अनुसार आइतबार बिहान ११ बजेदेखि साँझसम्मै काठमाडौंमा सडकको अवस्था अस्तव्यस्त बनेको थियो।

पूर्वतयारी गरेरै राजावादीहरू स्वागतका लागि त्रिभुवन विमानस्थल बाहिर पुगेका थिए। अपराह्न ४ बजे काठमाडौं ओर्लिएका पूर्वराजालाई नारा जुलुससहित निर्मल निवास लगिएको थियो।

राजसंस्था समर्थकहरूले ‘हाम्रो राजा, हाम्रो देश, प्राणभन्दा प्यारो छ’राजा आऊ देश बचाऊजस्ता नाराहरू लगाएका थिए। बिहानैदेखि राजसंस्थाका समर्थकहरू विमानस्थल वरपर जम्मा भएका थिए।

विमानस्थलमा उत्रिएपछि उनले विमानस्थलको अति विशिष्ट कक्षमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, अन्य नेताहरू पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनी र राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतसँग छलफल गरेका थिए।

king-support-rally5656-1741517500.jpg
 

प्रकाशित: Mar 09, 2025| 18:45 आइतबार, फागुन २५, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्