सोमबार, असार १, २०८३

कुलमानले दिए स्पष्टीकरणको यस्तो जवाफ [पूर्णपाठ]

 |  आइतबार, फागुन २५, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०८१

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयलाई स्पष्टीकरणको जवाफ पठाएका छन्। 

National life

ऊर्जामन्त्री दीपक खड्काले गत शुक्रबार सोधेको ४ बुँदे स्पष्टीकरणको जवाफ कुलमानले आज १७ पृष्ठमा फर्काएका हुन्। कुलमानलाई स्पष्टीकरण सोध्न मन्त्रिपरिषद्ले नै निर्णय गरेको थियो।

राष्‍ट्रसेवक (कर्मचारी) उपर गरिने विभागीय प्रकृतिको कारवाही गर्न सक्ने अधिकारीले निष्पक्ष र स्वतन्त्र विवेकको आधारमा गर्नुपर्ने भन्दै कुलमानले आफूसँगको सम्झौतापत्र र नियुक्ति रद्द गर्न सक्ने प्रकृया प्रष्ट हुँदाहुँदै पनि प्रकृया र विधि पूरा नगरी भएको कारवाही प्रकृयामा गम्भीर कानूनी र प्रकृयागत त्रुटि रहेको जिकिर गरेका छन्।

उनले यसअघि पनि सेवाबाट किन नहटाउने भनी ऊर्जामन्त्रीले सोधेको स्पष्टीकरणको जवाफ पेश गरेको अवस्थामा पुनः सोही बमोजिमको कारवाही गर्न सोही मन्त्रालयको प्रस्ताव एवम् सिफारिसमा स्पष्‍टीकरण माग गर्न नमिल्ने बताएका छन्।

उनले भनेका छन्, ‘एउटै व्यक्ति उपर एउटै विषयमा राज्यको विभिन्‍न निकायबाट पटक-पटक कारवाही प्रकृया अगाडी बढाइनु प्राङन्याय र नेपालको संविधानको धारा २० समेतको प्रतिकुल छ। आरोप कसले लगायो भन्‍ने विषय नभई एउटै व्यक्ति उपर एउटै विषयमा आरोपित गरिएको हो वा होर्इन भन्‍ने विषय गम्भीर कानूनी प्रश्‍न मानिन्‍छ।’

Shivam cement

प्रकाशित: Mar 09, 2025| 18:26 आइतबार, फागुन २५, २०८१
प्रतिक्रिया दिनुहोस्