सोमबार, असार १, २०८३

पूर्वराजा ज्ञानेन्द्रलाई नहौसिन गृहमन्त्री लेखकको चेतावनी

 |  आइतबार, फागुन २५, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०८१
National life
Shivam cement

काठमाडौं- गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाह हौसिन आवश्यक नरहेको टिप्पणी गरेका छन्। आइतबार बिहान सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गर्दै उनले गणतन्त्रको विकल्प राजतन्त्र नहुने भएकाले नहौसिन चेतावनी दिएका हुन्।

‘केही मानिसहरूले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर भ्रम फैलाइरहेका छन्। त्यो भ्रमले पूर्वराजा हौसिन आवश्यक छैन’, गृहमन्त्री लेखकले भने। जनताले आन्दोलन र क्रान्तिबाट फालिसकेको राजालाई पुनः फर्काउँछन् भन्ने भ्रम नपाल्न उनले पूर्वराजलाई आग्रह गरे। 

प्रकाशित: Mar 09, 2025| 16:04 आइतबार, फागुन २५, २०८१
प्रतिक्रिया दिनुहोस्