सोमबार, असार १, २०८३

बिहेको भोलिपल्टै बेहुलाबेहुली मृत फेला परेपछि...

 |  आइतबार, फागुन २५, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०८१

भारतको अयोध्यामा बिहे भएको भोलिपल्टै बेहुला र बेहुलीको मृत्यु भएको छ। घटना कैन्टको सहादतगञ्ज मुरावन टोलको हो।

National life

आजतकका अनुसार बेहुलीको शव कोठाको ओछ्यानमा थियो भने बेहुला पङ्खामा झुन्डिरहेको अवस्थामा भेटिएका थिए। बिहान ७ बजेसम्म पनि नवविवाहित जोडी नउठेपछि घरका मानिस उनीहरूलाई उठाउन गएका थिए।

ढोकाभित्रबाट चुकुल लगाइएको थियो। त्यसपछि परिवारले ढोका फोर्दा भित्र हेर्दा दुवैको शव भेटियो। दुबैलाई अस्पताल लगिएकोमा डाक्टरहरूले मृत्यु भइसकेको घोषणा गरेका थिए। सूचना पाउनेबित्तिकै प्रहरी पनि अस्पताल पुगेको थियो। प्रहरीले घटनाको छानबिन गरिरहेको छ।

दुवैको बिहे यही ७ मार्चमा भएको थियो। शनिवार बिदाबारी भएर बेहुली बेहुलाको घरमा आएकी थिइन्। आइतबार दुवैको रिसेप्सन थियो र घरपरिवारले रिसेप्सनको तयारी गरिरहेका थिए। अहिलेसम्म मृत्युको कारण खुल्न नसकेको आजतकले जनाएको छ।

 

Shivam cement

प्रकाशित: Mar 09, 2025| 14:55 आइतबार, फागुन २५, २०८१
प्रतिक्रिया दिनुहोस्