सोमबार, असार १, २०८३

कोशी, बागमती र गण्डकीका पहाडी भू-भागमा आज आंशिक बदली हुने

 |  आइतबार, फागुन २५, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०८१

काठमाडौं- हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।  देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

National life

विभागद्वारा आज यहाँ जारी मौसम बुलेटिनका अनुसार आज दिउँसो कोशी,  बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने जनाइएको छ। 

आगामी २४ घण्टामा कोशी,  बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा  आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। 

कोशी र बागमती प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुने असरबाट बच्न आवश्यक सतर्कता अनाउन विभागले अनुरोध गरेको छ।

Shivam cement

प्रकाशित: Mar 09, 2025| 07:28 आइतबार, फागुन २५, २०८१
प्रतिक्रिया दिनुहोस्