आइतबार, साउन २४, २०८३

डडेल्धुरामा तरकारीको 'हाइब्रिड' बीउ उत्पादन सुरु

 |  आइतबार, फागुन २५, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०८१

डडेल्धुरा- डडेल्धुरामा तरकारीको ‘हाइब्रिड’ बीउ उत्पादन सुरु गरिएको छ। डडेल्धुरास्थित तरकारी जर्मप्लाज्म सम्बर्द्धन तथा बीउ उत्पादन केन्द्रले यस वर्षबाट बिउ उत्पादन सुरु गरेको हो।

मूल बीउ उत्पादन गर्ने उद्देश्यका साथ विसं २०४३ सालमा स्थापना भएको केन्द्रमा पहिलोमूल बीउसँगै श्रृजना जातको टमाटर र मधु जातको काक्राको उत्पादन सुरु गरिएको केन्द्र प्रमुख तारिसिंह ठकुराठीले जानकारी दिए।

यस वर्ष टमाटरको बीउ १० देखि १२ किलोग्रामसम्म र काक्राको बीउ १० देखि १२ केजीसम्म उत्पादन हुने अनुमान गरिएको र उत्पादन भएको बीउ स्थानीयस्तरका साथै सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा बिक्रीवितरण गर्ने योजना रहेको उनले बताए।

सुदूरपश्चिममा पहिलो पटक उत्पादन सुरु गरिए पनि अन्य प्रदेशमा भने सरकारी फार्ममा हाइब्रिड बीउ उत्पादन भइरहेको केन्द्र प्रमुख ठकुराठीले बताए।

प्रकाशित: Mar 09, 2025| 07:16 आइतबार, फागुन २५, २०८१
प्रतिक्रिया दिनुहोस्