काठमाडौं- पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण आज (आइतबार) पनि काठमाडौं उपत्यकाको मौसम बदली हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज कोसी, वाग्मती र गण्डकी प्रदेशमा बदलीको सम्भावना रहेको छ।
शनिबार काठमाडौंसहित झापा, मोरङ, संखुवासभा, मनाङ, कास्की, गोरखा, रुकुम पश्चिम, सिन्धुपाल्चोकमा वर्षा भएको थियो।