आइतबार, साउन २४, २०८३

हनुमन्ते खोलामा भेटियो युवकको शव, यस्तो छ हुलिया

 |  शनिबार, फागुन २४, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २४, २०८१

भक्तपुरको हनुमन्ते खोलामा अन्दाजी ३० वर्षका युवकको शव भेटिएको छ। 

शनिबार दिउँसो भक्तपुर नगरपालिका-१ सृजना नगरस्थित हनुमन्ते खोलामा ती युवकको शव फेला गरेको हो।

शवको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। भक्तपुर प्रहरीले शवको हुलिया सार्वजनिक गरेको छ। 

ती युवकको उचाइ ५ फिट ५ इन्च, मंगोलियन अनुहार, दाहिने कानमा कालो रबरको टप लगाएको, बायाँ हातमा स्टिलको चुरा लगाएको, दाहिने हातमा कालो रबरको चुरा लगाएको, दाहिने हातमा रञ्जित (RANJEET) लेखेको ट्याटु खोपेको, बायाँ हातमा महिलाको आकृति भएको ट्याटु खोपिएको छ। 

प्रकाशित: Mar 08, 2025| 19:12 शनिबार, फागुन २४, २०८१
प्रतिक्रिया दिनुहोस्