आइतबार, साउन २४, २०८३

कुलमानसँग सरकारले किचकिच गर्नु ठीक होइन: गगन

 |  शनिबार, फागुन २४, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २४, २०८१

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट हटाउन खोजेकोमा असन्तुष्टि जनाएका छन्।

सिन्धुलीमा कांग्रेसले शनिबार आयोजना गरेको कार्यक्रममा थापाले घिसिङलाई पदबाट हटाउने काम नगर्न सुझाव दिएका छन्। 'ऊर्जा मन्त्रालयअन्तर्गत विद्युत प्राधिकरण छ। कार्यकारी निर्देशक प्रकरण सुनिरहेका छौं। मैले बुझ्न सकिरहेको छैन, बदनियत हो कि ? ढंग नपुगेको बेढंग हो ? तीन-चार महिनामा सेवा निवृत हुने, सेवा निवृत भइसकेपछि उपयुक्त मान्छे ल्याउने त्यो संस्थाको नेतृत्व गर्न दिने,' उनले भने, 'सरकार नै एउटा व्यक्तिको पछि लागिरहेको जस्तो देखिन्छ । किचकिच गरिरहेको देखिन्छ । यस्ता कुरा ठीक होइन, उपयुक्त हुँदैन । यस्ता नचाहिने काममा कोही पनि मन्त्री लाग्नु हुँदैन ।'

उर्जामन्त्री दीपक खड्काले घिसिङलाई पदबाट हटाउन गरेका प्रयास असफल भएपछि मन्त्रिपरिषद्को बैठकले नै स्पष्टीकरण सोधेको छ। मन्त्री खड्काले गरिरहेका नचाहिने काम रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई गगनले आग्रह गरेका छन्।

प्रकाशित: Mar 08, 2025| 19:03 शनिबार, फागुन २४, २०८१
प्रतिक्रिया दिनुहोस्