मंगलबार, पुस ८, २०८२

टिप्परको लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न माग

 |  शुक्रबार, फागुन २३, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले टिप्परहरुले कानुन नमान्दा दुर्घटना बढेको भन्दै टिप्परको लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न माग गरेका छन्।

National life

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा उनले यस्तो माग गरेका हुन्। उनले स्थानीय तहका जनप्रतिनिहरुको लगानी भएका टिप्परले कानुन मान्ने नगरेको आरोप लगाए।

सांसद झाले सीतापाइला र धार्केमा टिप्पर हिँड्न अनुमति नदिएको भए पनि जबरजस्ति हिँडिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले भने, 'धेरै स्थानीय तहका प्रतिनिधिहरुको लगानी रहेको छ। उनीहरुले कानुन मान्दैनन्। टिप्परलाई फरक लाइसेन्सको व्यवस्था गरियोस् भनेर टेक्निकल एडभाइस पनि आएको छ। मृतकको संख्यामात्र गनेर बसिराख्ने हो?’

आजमात्रै साँखुमा अनाथाश्रममा टिप्पर छिर्दा तीन जनाको ज्यान गएको छ।

प्रकाशित: Mar 07, 2025| 15:58 शुक्रबार, फागुन २३, २०८१
प्रतिक्रिया दिनुहोस्