मंगलबार, पुस ८, २०८२

पेरिसमा भेटियो दोस्रो विश्वयुद्धको बम

 |  शुक्रबार, फागुन २३, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०८१

दोस्रो विश्वयुद्धकालीन बम भेटिएपछि फ्रान्सको पेरिसस्थित गारे डु नोर्ड स्टेशनमा युरोस्टार र स्थानीय रेल सेवाहरू रद्द गरिएको छ। यद्यपि यो विस्फोट भने भएन।

National life

स्थानीय मिडिया रिपोर्टहरूका अनुसार बम सेन्ट-डेनिस क्षेत्रमा ट्र्याकहरूको बीचमा फेला परेको थियो। "कृपया आफ्नो यात्रा मिति परिवर्तन गर्नुहोस्," लन्डन र पेरिसबीचको सेवा रद्द भएको कारण युरोस्टारले भनेको छ।

यात्रुहरूलाई अर्को सूचना नभएसम्मका लागि सेवाहरू निलम्बन गरिएको बताइएको छ। यो स्टेशन युरोपको सबैभन्दा व्यस्त स्टेशन हो र यसले हरेक दिन ६ लाखभन्दा बढी यात्रुहरूलाई सेवा दिन्छ।

 

प्रकाशित: Mar 07, 2025| 15:54 शुक्रबार, फागुन २३, २०८१
प्रतिक्रिया दिनुहोस्