सोमबार, असार १, २०८३

एउटै मन्त्रालयका सचिव र मन्त्री एकैपल्ट विदेश जान नपाउने

 |  शुक्रबार, फागुन २३, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०८१

काठमाडौं- सरकारले एउटै मन्त्रालयको मन्त्री र सचिव एकैपटक विदेश भ्रमणमा जान नदिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

National life

मन्त्री र सचिव दुवै नहुँदा मन्त्रालयको काम प्रभावित हुने भएकाले एकैपटकको विदेश भ्रमण स्वीकृत नगर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा  बताए।

त्यस्तै, मन्त्रीको विदेश भ्रमणमा थप कडाइ गरिएको छ। मन्त्री जानैपर्ने भ्रमणमा मात्र पठाइने गरी आचारसंहिता बनाइएको मन्त्री गुरुङले जानकारी दिए।

सामान्य किसिमका कार्यक्रममा मन्त्रीको भ्रमण स्वीकृत नगर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। कर्मचारीको हकमा पनि विदेश भ्रमणमा पनि कडाइ गर्ने निर्णय गरिएको छ।

त्यस्तै, राष्ट्रपति र प्रधानमन्त्रीको भ्रमण दल २१ सदस्यीयभन्दा ठूलो नबनाउने पनि निर्णय भएको छ।

Shivam cement

प्रकाशित: Mar 07, 2025| 13:11 शुक्रबार, फागुन २३, २०८१
प्रतिक्रिया दिनुहोस्