मंगलबार, पुस ८, २०८२

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

 |  शुक्रबार, फागुन २३, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०८१

चितवन, राप्ती नगरपालिका-५ खहरे पुलस्थित सडकमा रोकी राखेको ग.प्र.०४- ००१ ख ००५१ नम्बरको ट्रकमा बा.७ च २७१७ नम्बरको कार ठोक्किएर दुर्घटना हुँदा कारका चालक भरतपुर महानगरपालिका-११ बस्ने ६५ बर्षीय बद्री प्रसाद भट्टराईको मृत्यु भएको छ । 

National life

बिहीबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरी, गढी गाउँपालिका-४ धुरा टोलस्थित सडकमा प्र.१-०२-०४५ प ५००१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुदाँ चालक सोही ठाउँ बस्ने २५ वर्षीय प्रमोद कुमार मेहताको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बारा, कलैया उपमहानगरपालिका-१४ बघवनस्थित सडकमा ना.६ ख ५०६७ नम्बरको बस र ना.३९ प ७३६७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक रौतहट बिजयपुर फतुवा नगरपालिका-५ बरगिनिया बस्ने ३५ वर्षीय अनिल प्रसाद यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

उदयपुर, त्रियुगा नगरपालिका-३ हात्तीमारास्थित सडकमा प्र.१-०५-००१ च ००९२ नम्बरको पिकअप भ्यानको ठक्करबाट सोही नगरपालिका-१२ दुर्गा टोल बस्ने ललन दासकी छोरीहरू १२ वर्षीय देवी कुमारी दास र १४ वर्षीया अनु कुमारी दासको बिहीबार साँझ मृत्यु भएको छ । दुर्घटनामा देवी कुमारीको घटनास्थलमै तथा अनु कुमारीको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 07, 2025| 12:28 शुक्रबार, फागुन २३, २०८१
प्रतिक्रिया दिनुहोस्