मंगलबार, पुस ८, २०८२

वीरेन्द्रनगरलाई हरित नगर बनाइँदै

 |  शुक्रबार, फागुन २३, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०८१

सुर्खेत- कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकालाई हरित नगरको रूपमा विकास गरिँदै लगिएको छ।

National life

वीरेन्द्रनगरलाई सु्न्दर, सफा र हरियाली सहर बनाउने दीर्घकालीन सोचका साथ हरित नगरको रुपमा विकास गर्न लागिएको हो। जसअन्तर्गत नगरपालिकाले ‘एक घर दुई बिरुवा, हामी आफैँ कुरुवा’ कार्यक्रम सञ्चालन गरिरहेको छ।

यो कार्यक्रमअन्तर्गत वीरेन्द्रनगरभित्र नयाँ घर निर्माण गर्ने घर धनीले आफ्नो आगनमा दुई बिरुवा वृक्षरोपन गर्नुपर्ने हुन्छ भने त्यसको रेखदेख पनि आफैँ गर्नुपर्ने हुन्छ।

नगरपालिकाको यो नीतिले वीरेन्द्रनगरलाई हरियाली, सुन्दर बनाउन सघाउ पुग्ने अपेक्षा लिइएको छ।

नगरप्रमुख मोहनमाया ढकाल भन्छिन्, “नयाँ घर निर्माण गर्नेले दुइवटा बिरुवा वृक्षरोपन गर्ने हाम्रो नीतिमा पनि छ, अहिले नगरपालिकामा वृक्षरोपन अभियान समेत चलाएको छ। विगतभन्दा वीरेन्द्रनगर सुन्दर र सफा बन्दै गएको छ।”

Laxmi sunrise bank
kumari

नगरभित्र निर्माण भएका नयाँ सडकको आसपासमा समेत वृक्षरोपन गरिएको भन्दै उनले दुई वर्षमा करिब दश हजार नयाँ बिरुवा सडक छेउछाउमा रोपिएको उनको भनाइ छ।

“अहिले हामी जति पनि काम गर्छौँ ती कामहरु गर्दा वातावरणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौँ,” नगरप्रमुख ढकालले भनिन्”, “विश्वभर नै जलवायु परिवर्तनको असरको चपेट्टामा परिरहेका बेला हरित सहर बनाउने हाम्रो नीतिलाई कार्यान्वयन गर्नु हाम्रो पहिलो प्राथमिकता छ।”

सडक छेउछाउमा अहिले फलफूलका बिरुवा समेत रोपिएको भन्दै प्रमुख ढकालले एकातिर वृक्षरोपन र अर्कोतर्फ नगरपालिकाको आम्दानीमा समेत वृद्धि हुने अपेक्षा लिइएको बताइन्। नगरपालिकाले अहिले ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा वितरण गरिरहेको छ।

नगरपालिकाले प्लाष्टिकमुक्त नगर बनाउने गरी योजना बनाएको र त्यसको कार्यान्वयनको लागि आम नागरिकलाई सचेतना जगाइरहेको उनको भनाइ छ। “अहिले हाम्रो वीरेन्द्रनगर नगरपालिकामा ३५० भन्दा धेरै टोल विकास समिति छन्, ती समितिहरुमा प्रशिक्षक पनि राखेका छौँ। उहाँहरुमार्फत गाउँगाउँमा हरियाली सहर बनाउनुपर्छ भनेर अभियान र सचेतना जगाइरहेका छौँ। मलाई लाग्छ अबको पाँच वर्षभित्र वीरेन्द्रनगर नगरपालिका हरियाली, सुन्दर प्लाष्टिकमुक्त भइसक्छ।”

नगरपालिकाले जलवायु परिवर्तनले पारेका असर न्यूनीकरण गर्न समेत विभिन्न योजनाह बनाएर काम गरिरहेको उनको भनाइ छ।

प्रकाशित: Mar 07, 2025| 08:44 शुक्रबार, फागुन २३, २०८१
प्रतिक्रिया दिनुहोस्