आइतबार, साउन २४, २०८३

एउटामात्रै नोज ह्‍विलले अवतरण गरेको जहाज ग्राउन्डेड

 |  बिहीबार, फागुन २२, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०८१

जनकपुरबाट काठमाडौं आएको बुद्ध एयरको नाइनएनएएच जहाजले अगाडिको एउटा पांग्रा (नोज ह्विल) बिना नै अवतरण गरेको छ।

बिहीबार जनकपुरबाट काठमाडौं आएको उक्त जहाजमा एउटा नोज ह्विल जनकपुरमै छुटेको हो। 

काठमाडौंमा अवतरण गरिसकेपछि पोष्टफ्लाइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गियरको एउटा टायर नदेखिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। सो टायर जनकपुर विमानस्थलको रनवेको टर्निङमै भेटिएको छ।

प्राधिकरणले जहाज ग्राउन्डेड गरेर छानबिन सुरू गरिसकेको छ। कम्पनीले भने यसबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

प्रकाशित: Mar 06, 2025| 19:49 बिहीबार, फागुन २२, २०८१
प्रतिक्रिया दिनुहोस्