मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • पोखरामा ठडियो वीरेन्द्रको शालिक, गुञ्जियो श्रीमान् गम्भीर नेपाली

पोखरामा ठडियो वीरेन्द्रको शालिक, गुञ्जियो श्रीमान् गम्भीर नेपाली

 |  बिहीबार, फागुन २२, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०८१

पोखरामा पूर्वराजा वीरेन्द्र शाहको शालिक अनावरण गरिएको छ। 

National life

पूर्वराजा तथा वीरेन्द्रका भाइ ज्ञानेन्द्र शाहले पोखरा महानगरपालिका–१० रामबजारमा वीरेन्द्रको शालिक अनावरण गरेका हुन्।

स्वर्गीय राजा वीरेन्द्र शालिक निर्माण समिति पोखराले २०८० पुस ९ गते वीरेन्द्रको शालिक राखेको थियो। त्यही शालिक अहिले ‌औपचारिक रुपमा अनावरण गरिएको हो।

त्यसअघि २०५९ सालमा त्यहाँ वीरेन्द्रको शालिक राखिएको थियो। शालिक बनेदेखि नै चोकको नाम वीरेन्द्रचोक राखिएको थियो। तर, २०६२/६३ सालको आन्दोलनका क्रममा तोडफोड भएपछि शालिक हटाइएको थियो।

गत वर्ष २५ लाख रुपैयाँ खर्च गरेर ८ फिट अग्लो शालिक निर्माण गरिएको शालिक पुनर्निर्माण समितिले जनाएको छ।

Laxmi sunrise bank
kumari

शालिक अनावरण कार्यक्रममा राजावादीसँगै हिन्दू धर्मसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिको बाक्लो उपस्थिति थियो।

उपस्थित शुभेच्छुक तथा समर्थकले राजाको जयजयकार गर्दै ‘वीरेन्द्र अमर रहून्’, ‘अघि बढ्नुस् महाराज, जनता तिम्रो साथमा छन्’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, लगायत नारा लगाएका थिए। शालिक अनावरण कार्यक्रममा ‘श्रीमान् गम्भीर नेपाली’ पनि गुञ्जिएको थियो। 
पूर्वराजा ज्ञानेन्द्रले कार्यक्रमलाई सम्बोधन भने गरेनन्।

गत माघ २७ गतेदेखि पूर्वराजा ज्ञानेन्द्र पोखरामा छन्। उनी पोखरा बसाइका क्रममा आसपासका जिल्लाका धार्मिक गन्तव्यमा समेत पुगेका छन्। 

आइतबार काठमाडौं फर्कन लागेका शाहको भव्य स्वागतमा राप्रपा जुटेको छ।

प्रकाशित: Mar 06, 2025| 19:36 बिहीबार, फागुन २२, २०८१
प्रतिक्रिया दिनुहोस्