मंगलबार, पुस ८, २०८२

कुलमानलाई स्पष्टीकरणमाथि स्पष्टीकरण

 |  बिहीबार, फागुन २२, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०८१

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई स्पष्टीकरण सोधेको छ।

National life

'तपाईंको नियुक्ति रद्द किन नगर्ने' भन्दै मन्त्रालयले घिसिङलाई सफाइ पेस गर्न पत्र पठाएको हो।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तीन दिनभित्र सफाइ पेस गर्न मौका दिने गरी स्पष्टीकरण सोध्न ऊर्जामन्त्री दीपक खड्कालाई अधिकार दिएको थियो।

घिसिङ र मन्त्रालयबीच २०७८ माघ १५ मा भएको सम्झौताअनुरूप आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन प्रतिवेदन पेस नगरी सम्झौताको सर्त उल्लघंन गरेको ऊर्जा सचिव सुरेश आचार्यले लेखेको पत्रमा उल्लेख छ। ४ वटा बुँदामा सफाइ पेस गर्न घिसिङलाई पठाएको पत्रमा सम्झौता किन रद्द नगर्ने र कार्यकारी निर्देशकको पदबाट किन नहटाउने भन्दै प्रश्न गरिएको छ।

मन्त्रिपरिषद्को गत कात्तिक २५ को निर्णयले डेडिकेटेड फिडर तथा ट्रंकलाइनबाट विद्युत् उपयोग गर्ने ग्राहकले खपत गरेको विद्युत्‌को बक्यौता रकम (टाइम अफ डे मिटरसमेतको आधारमा) महसुल निर्धारण तथा असुली सम्बन्धमा मन्त्रालयमार्फत दिएको निर्देशनको कार्यान्वयन नगरी अवज्ञा गरेको समेत उक्त पत्रमा उल्लेख छ।

Laxmi sunrise bank
kumari

घिसिङलाई सरकारले यो पाँचौं पटक स्पष्टीकरण सोधेको हो। यही फागुन १३ गते २४ घण्टे स्पष्टीकरण सोधेको सरकारले १० दिनमै पदबाट किन नहटाउने भन्दै आज अर्को स्पष्टीकरण सोधेको हो।

यसअघि असोज २२ गते, कात्तिक १३ गते र पुस २२ मा स्पष्टीकरण सोधेको थियो। बिहीबार ऊर्जासचिव सुरेश आचार्यले तीन दिनको समय दिएर घिसिङलाई ४ बुँदे स्पष्टीकरण सोधेका हुन्।

प्रकाशित: Mar 06, 2025| 18:18 बिहीबार, फागुन २२, २०८१
प्रतिक्रिया दिनुहोस्