सोमबार, असार १, २०८३

संसद्‍मा मागियो अमेरिकी सहयोग दुरुपयोग गर्नेको नाम

 |  बिहीबार, फागुन २२, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०८१

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अमेरिकी सहयोग दुरुपयोग गर्नेहरुको सूचीसहित श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका छन्।

National life

प्रतिनि धिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो माग गरेका हुन्। उनले एनजीओ तथा आइएनजीओमार्फत आएको रकम दुरुपयोग गरिएको भन्दै यसबाट मुलुककै बद्नाम भएको तर्क गरे।

सांसद खतिवडाले भने, 'एनजीओ र आइएनजीओका नाममा आएका रकम कति छन्, त्यो रकम दुरुपयोग गरियो भनेर सारा नेपाललाई नै बद्नाम गर्ने काम गरेको छ सरकारले। भएको के हो श्वेतपत्रको रुपमा जारी गरोस्।'

अमेरिकाले गैरकानुनी रुपमा बसेका गैरआवासीय नागरिक फिर्ता पठाउने क्रममा अमानवीय व्यवहार गरेको समेत उनले बताए। अन्तर्राष्ट्रिय मानव अधिकार मूल्य मान्यतामा रहेरमात्र गैरआवासीय फिर्ता गर्नुपर्ने उनले माग गरे।

अमेरिका पुगेका नौ जना नेपाली बुधबार अमेरिकाबाट फर्काइएका थिए। मानव तस्करको फन्दामा परेका उनीहरू १४ वटासम्म मुलुक पार गर्दै अमेरिका पुगेका थिए। उनीहरुलाई हातमा हत्कडी र खुट्टामा नेल लगाएर अमेरिकाले डिपोर्ट गरेको थियो।

Shivam cement

प्रकाशित: Mar 06, 2025| 13:53 बिहीबार, फागुन २२, २०८१
प्रतिक्रिया दिनुहोस्