बिहीबार, फागुन २२, २०८१

सवारी दुर्घटनामा तीनको मृत्यु, दुईजना मृत फेला

 |  बिहीबार, फागुन २२, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०८१

काठमाडौं- सुनसरी, बराहक्षेत्र नगरपालिका-८ मैनबारीस्थित सडकमा मैनबारीबाट चक्रघट्टी जाँदै गरेको प्रदेश १-०२-००४ ह १९८२ नम्बरको सिटी सफारी अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा सिटी सफारीमा सवार सोही नगरपालिका-८ बस्ने ५५ वर्षीय राजन सुवेदीकी छोरी ९ वर्षीया वविता सुवेदीको मृत्यु भएको छ। 

health

दुर्घटनामा गम्भीर घाइते भएकी उनको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो। सिटी सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दार्चुला, महाकाली नगरपालिका-२ मुल्लास्थित सडकमा दल्लेखबाट खलंगातर्फ जाँदै गरेको सु.प.प्र.००३-००१ ज ०००५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-२ बस्ने २५ वर्षीय महेश भुलको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको हो।

रूपन्देही, तिलोत्तमा नगरपालिका-१ जनसेवा चोकस्थित सडकमा लु.५६ प १९६१ नम्बरको मोटरसाइकल र बा.२० च १७५४ नम्बरको कार एकआपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक बुटवल उपमहानगरपालिका-३ ट्राफिक चोक बस्ने गुल्मी रूरूक्षेत्र गाउँपालिका-३ थोर्गा घर भएका १९ वर्षीय रोशन परियारको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

मृत फेला
बाँके, कोहलपुर नगरपालिका-१२ स्थित सडक छेउको नालीको डिलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन्।

तनहुँ, भिमाद नगरपालिका-२ नाकेधारस्थित रून्चे खोलाको रहमा सोही नगरपालिका-२ धरमपानी बस्ने नवलपरासी पूर्व कावासोती नगरपालिका-३ मध्यबिन्दु घर भएका ३६ वर्षीय महेश सुवेदी बुधबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Mar 06, 2025| 13:32 बिहीबार, फागुन २२, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्