सोमबार, असार १, २०८३

नक्कली फेसबुक खोलेर ठग्ने प्रहरीको फन्दामा

 |  बिहीबार, फागुन २२, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०८१

काठमाडौं- नक्कली फेसबुक आइडी खोली आर्थिक लाभ लिने कार्यमा संलग्न रहेको अभियोगमा धादिङ ज्वालामूखी गाउँपालिका-७ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-५ लोलाङ हाईट बस्ने २७ वर्षीय नारायणदत्त खकुराललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

National life

वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको नामको नक्कली फेसबुक आईडी बनाई उनीहरूको आफन्तहरूसँग आफु र आफ्नो साथी बिरामी भई अस्पतालमा भर्ना भएको र आफुलाई रकमको आवश्यकता परेको भन्ने विश्वास दिलाई साथीको क्युआरमा रकम पठाउनु भनि उपत्यकाको विभिन्न पसलहरूमा आफ्नो मान्छे बिरामी भई अस्पतालमा भर्ना भएको र आफन्तले उपचारको लागि रकम पठाईदिँदै छ, 

आफ्नो कुनै पनि बैंक खाता छैन भनी हजुरको खातामा पैसा आउँछ सो पैसा राखी मलाई नगद रकम दिनु भनी पसलहरूको क्यूआर कोड पठाई रकम हाल्न लगाई पसलहरूबाट रकम लिई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं लोलाङ हाईटबाट पक्राउ गरेको हो। 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

 

Shivam cement

 

प्रकाशित: Mar 06, 2025| 13:29 बिहीबार, फागुन २२, २०८१
प्रतिक्रिया दिनुहोस्