काठमाडौं- सरकारले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेको छ।
गृह मन्त्रालयले आज बाँके, रौतहट, सङ्खुवासभा, खोटाङ, ओखलढुंगा र नुवाकोटमा नयाँ प्रमुख जिल्ला अधिकारी पठाएको हो।
बाँकेमा धर्मराज जोशी, रौतहटमा विनोदकुमार खड्का, सङ्खुवासभामा दिव्यराज पोखरेल, खोटाङमा नरहरि घिमिरे, ओखलढुङ्गामा विजयराज सुवेदी र नुवाकोटमा शशिधर घिमिरेलाई पठाइएको छ।