मंगलबार, पुस ८, २०८२

एक अर्ब लगानी थपेर इन्जेक्टेबल औषधि उत्पादन गर्दै म्याग्नस

 |  बिहीबार, फागुन २२, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०८१

वीरगञ्ज–पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले मौजुदा उद्योगमा रु एक अर्ब लगानी बढाएर ‘इन्जेक्टेबल’ औषधि पनि उत्पादन गर्ने भएको छ

National life

कम्पनीले ‘भाइल’ तथा ‘ड्रप’हरु उत्पादन गर्न आवश्यक उपकरण जडान एवं परीक्षण गरिहेको तथा आगामी वैशाखदेखि पूर्ण क्षमतामा काम नयाँ औषधि बनाइने फर्माका प्रबन्ध निर्देशक सुधिरप्रकाश मास्केले बताए। उद्योगमा थपिएको नयाँ ‘इन्जेक्टेबल प्लान्ट’बाट औषधिका भाइल र एम्पुलको उत्पादनका साथसाथै आँखा, नाक र कानमा प्रयोग हुने ड्रप  पनि बनाउने उनले बताए।

“कम्पनीले एक सय भन्दा धेरै औषधि उत्पादन गर्न सक्ने प्लान्ट स्थापना गरे पनि हालसम्म २० प्रकारका औषधि उत्पादनको अनुमति पाएका छौं”, उनले भने।

कम्पनीमा हाल  तीन सय ५० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।  गत आर्थिक वर्षमा रु एक अर्ब २६ करोड मूल्य बराबरको कारोबार गरेको कम्पनीको चालु आवमा रु एक अर्ब ४० करोडको कारोबार गर्ने लक्ष्य लिएको छ।

प्रकाशित: Mar 06, 2025| 10:08 बिहीबार, फागुन २२, २०८१
प्रतिक्रिया दिनुहोस्