आइतबार, साउन २४, २०८३

दाजुको घरबाट बेपत्ता भएका महेश मृत फेला

 |  बिहीबार, फागुन २२, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०८१

तनहुँको भीमाद नगरपालिका-२ धरमपानीबाट बेपत्ता भएका महेश सुवेदी पाँच दिनपछि मृत फेला परेका छन्।

३६ वर्षिय महेश बुधबार दिउँसो मृत फेला परेका हुन् । धरमपानी गाउँमुनिको शालिमे मैदान नजिक खोल्सामा उनी मृत भेटिएका हुन्।

खोल्साको पोखरीको पानीमा डुबेको अवस्थामा शव फेला परेको छ। घरमा सुतिरहेका सुवेदी फागुन १७ गते बिहानदेखि एकाएक बेपत्ता भएका थिए।

नवलपुरको कावासोती नगरपालिका-३ मध्यविन्दु टोलमा बस्ने उनी भतिजको व्रतबन्धमा धरमपानी गएका थिए। दाजुको घरमा सुतिरहेका सुवेदी एकाएक बेपत्ता भएपछि स्थानीय र आफन्तले निरन्तर खोजी गरिरहेका थिए। साथै प्रहरी पनि खोजी कार्यमा सक्रियतापूर्वक लागेको थियो।

शव फेला परेपछि प्रहरी टोली घटनास्थल पुगेको छ र जिल्ला अस्पताल दमौलीमा पोस्टमार्टम भइरहेको छ।

प्रकाशित: Mar 06, 2025| 09:53 बिहीबार, फागुन २२, २०८१
प्रतिक्रिया दिनुहोस्