सोमबार, असार १, २०८३

दाङका विकट बस्तीमा विद्युत् सेवा पुर्‍याइँदै

 |  बुधबार, फागुन २१, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०८१

तुलसीपुर- दाङका विकट क्षेत्रका नागरिकलाई विद्युत् पुर्‍याउने गरी काम थालिएको छ। पश्चिम दाङको विकट क्षेत्र शान्तिनगर, बबई र दंगीशरण गाउँपालिका तथा तुलसीपुर उपमहानगरपालिकाकै केही भागमा अझै पनि विद्युत् नपुगेको जनाउँदै ती स्थानमा विद्युत् पुर्‍याउने गरी काम अगाडि बढाइएको नेपाल विद्युत् वितरण केन्द्र तुलसीपुरका प्रमुख शिवनारायण गोशलीलले बताए।

National life

उनका अनुसार अझै पनि यी क्षेत्रका चार हजार दुई सयभन्दा बढी घरधुरीमा विद्युत् नपुगेकाले ती क्षेत्रमा विद्युत् पुर्‍याउनका लागि प्रक्रिया अघि बढेको हो। 'म प्रमुख हुँदासम्म यहाँका विकट बस्तीका घरमा विद्युत् पुर्‍याउने योजना छ, जिल्लाका विकट बस्तीमा अझै पनि विद्युत् पुगेको छैन', उनले भने, 'त्यसका लागि प्रक्रिया अघि बढिसकेको छ।'

ती बस्तीमा विद्युत् पुर्‍याउनका लागि करिब २५ करोड रूपैयाँ बजेट सुनिश्चित भइसकेको समेत बताए। त्यो बजेट कार्यान्वयन भएमा सबै ठाउँमा विद्युत् पुग्ने उनको भनाइ छ। चीनको एआईआईबी बैंकको लगानीमा विद्युत् विस्तार हुन लागेको हो। 'दाङजस्तो विकसित जिल्लामा समेत अझै पनि विद्युत् नपुगेको ठाउँ छ, भन्दा अच्चमा लाग्ने गर्छ', प्रमुख गोशलीले भने, 'अब सबै ठाउँ विद्युत् पुग्यो, भन्ने बनाउनु छ।'

दंगीशरण गाउँपालिकाको वडा नं १, शान्तिनगर गाउँपालिकाको वडा नं १, २ र ३, बबई गाउँपालिकाको वडा नं १, ५र ७ तथा तुलसीपुर उपमहानगरपालिकाको १, ३, ४, ८ र १२ नम्बर वडाका केही बस्तीमा अझै पनि विद्युत् पुग्न सकेको छैन।

केही समय अघि दाङको तुलसीपुर-४ खुमखानी, शान्तिनगर गाउँपालिका-१ बस्तीखोला, हारीचारजस्ता विकट ठाउँमा विद्युत् पुर्‍याइएको थियो। रासस

Shivam cement

प्रकाशित: Mar 05, 2025| 16:31 बुधबार, फागुन २१, २०८१
प्रतिक्रिया दिनुहोस्