सोमबार, असार १, २०८३

एमालेका कार्यकर्तालाई मान्छे कुट्न छुट हो?

 |  बुधबार, फागुन २१, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०८१

काठमाडौं- विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले केपी ओली कपको फाइनल खेलमा दर्शक कुट्ने व्यक्तिलाई कारबाही गर्न माग गरेका छन्।

National life

'दर्शक दीर्घामा बसेका मान्छेले बोल्यो भन्दै प्रधानमन्त्रीकै पार्टीका बिल्लाधारी गुण्डाहरूले मान्छे कुट्ने? प्रहरी पीडितलाई बचाउनुको सट्टा कुट्न सघाउने,' शाहीले भने, ' वाहवाह गृहमन्त्री, वाह प्रधानमन्त्री यो तम्रो कस्तो लोकतन्त्र, यो तम्रो कस्तो प्रजातन्त्र?'

शाहीले प्रहरीले पी‍डितलाई बचाउनुपर्नेमा उल्टै कुटपिट गर्नेलाई सघाएको पनि आरोप लगाए। 'खुल्लमखुल्ला भन्नुस् पार्टीका कार्यकर्ताले मान्छे कुट्ने हो पुलिस चाहिँदैन भन्नुस्, हामी पनि तयार भएर बस्छौं यसमा दुई मत छैन,' उनले भने।

उनले मान्छे कुट्नेलाई कारबाही नभए सडक र संसद् दुवै ठाउँमा आवाज उठाइने बताए। 'मान्छे कुट्नेलाई कारबाही हुनुपर्‍यो। पक्राउ गरियोस्। होइन भने सडक र सदनबाट खरोका साथ आवाज उठाइन्छ,' शाहीले भने।

सोमबार दशरथ रंगशालामा मछिन्द्र र नेपाल आर्मीबीचको फाइनल खेलमा प्रधानमन्त्री ओलीविरूद्ध नाराबाजी गर्नेमाथि कुटपिट भएको थियो। त्यसको  भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।

Shivam cement

प्रकाशित: Mar 05, 2025| 14:06 बुधबार, फागुन २१, २०८१
प्रतिक्रिया दिनुहोस्