बिहीबार, फागुन २२, २०८१

सवारी दुर्घटनामा दुईको मृत्यु, ६ जना मृत फेला

 |  बुधबार, फागुन २१, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०८१

धनुषा, धनुषाधाम नगरपालिका-३ सर्सामोडस्थित सडकमा ज.१२ प १३९४ नम्बरको मोटरसाइकल र ज.६ प २४५२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा ज.६ प २४५२ नम्बरको मोटरसाइकलका चालक सोही नगरपालिका-८ केसरकुट्टी बस्ने ४४ वर्षीय बिजय महतोको मृत्यु भएको छ । 

health

दुर्घटनामा गम्भीर घाइते भएका उनको थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज लैजाने क्रममा बुधबार बिहान बाटोमै मृत्यु भएको हो । ज.१२ प १३९४ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, राप्ती नगरपालिका-१ ड्राइभर टोलस्थित सडकमा ना.६ ख ३०१३ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री पर्सा वीरगंज महानगरपालिका-८ भिसुवा घर भएका ४३ वर्षीय सन्तोष सराफको गए राति मृत्यु भएको छ । म.प्र.०३-००२ ख ०५३६ नम्बरको ट्रकले ठक्कर दिँदा लडेको अवस्थामा पुन: ना.६ ख ३०१३ नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुबै ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत फेला
कैलाली, घोडाघोडी नगरपालिका-४ स्थित ट्याङ्ना नदीमा सोही ठाउँ बस्ने ६६ वर्षीय बाधुराम चौधरी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

रूपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ कालिदहस्थित खोलामा हाल नाम, थर, वतन नखुलेकी करिब २० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

ताप्लेजुङ, मेरिङदेन गाउँपालिका-२ आङचोकस्थित थुकिम्बा-सान्थाक्रा सडकमा हाल नाम, थर, वतन नखुलेका करिब १७ वर्षीय किशोर मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

पाँचथर, फाल्गुनन्द गाउँपालिका-७ माङमास्थित सुविधा डाँडा जंगलमा सोही गाउँपालिका-५ सिरान टोल बस्ने ३६ वर्षीय बेनु नेम्वाङ मंगलबार साँझ मृत अवस्थामा फेला परेका छन् ।

इलाम, माईजोगमाई गाउँपालिका-४ घुमाउनेस्थित घरमा सोही ठाउँ बस्ने ६५ वर्षीय राम चन्द्र विश्वकर्मा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

झापा, शिवसताक्षी नगरपालिका-७ पाथिभरा माता कृषि सुँगुर फर्मको कोठामा सोही फर्ममा काम गरी बस्ने पाँचथर फिदिम नगरपालिका-७ घर भएका ४० वर्षीय राज कुमार तामाङ मंगलबार मृत अवस्थामा फेल परेका छन् ।

प्रकाशित: Mar 05, 2025| 13:34 बुधबार, फागुन २१, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्