सोमबार, असार १, २०८३

अमेरिकाबाट डिपोर्ट भएका नेपालीलाई प्रहरीको जिम्मा लगाइयो

 |  बुधबार, फागुन २१, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०८१

काठमाडौं- आधिकारिक कागजात नभएका अवस्थामा नियन्त्रणमा लिई संयुक्त राज्य अमेरिकाले नेपाल फर्काइ दिएका आठ नेपाली नागरिकलाई थप ‘सोधपुछ’का लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ।

National life

अमेरिकाको ‘चार्टर्ड’ विमानबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनीहरुलाई अध्यागमक प्रक्रिया पूरा गरी सोधपुछका लागि प्रहरीको जिम्ममा लगाइएको विमानस्थलस्थित अध्यागमन कार्यालयले जनाएको छ।

आठ जना नेपाली अमेरिकाको चार्टर्ड विमानबाट काठमाडौं फर्काइएका हुन् । अर्का एक नेपाली पनि आजै कतार एयरवेजको नियमित उडानबाट ‘डिपोर्ट’ भएर काठमाडौं आइपुगेको विमानस्थलस्थित अध्यागमन कार्यालयका अध्यागमन अधिकृत यज्ञराज अर्यालले पुष्टि गरे।

यसअघि अमेरिकाबाट २७ नेपाली डिपोर्ट भएर फर्किइसकेका छन् । “हामीले अध्यागमन प्रक्रिया पूरा गरेर उहाँहरुलाई पठायौं”, अधिकृत अर्यालले भने।

 

Shivam cement

प्रकाशित: Mar 05, 2025| 12:42 बुधबार, फागुन २१, २०८१
प्रतिक्रिया दिनुहोस्