सोमबार, असार १, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पश्चिम न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, दुई प्रदेशमा बदली हुने

पश्चिम न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, दुई प्रदेशमा बदली हुने

 |  बुधबार, फागुन २१, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०८१
National life
Shivam cement

काठमाडौं- हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मुलुकका अन्य भागमा  मौसम सफा रहेको छ। 

आज दिउँसो कोशी  र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम  सफा रहने महाशाखाको पूर्वानुमान छ। साथै आज राति कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहनेछ। 

बिहीबार बिहान तराईका केही स्थानमा हल्का हुस्सु लाग्ने सम्भावना रहेको तथा त्यसबाट  दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने जनाउँदै महाशाखाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ।

प्रकाशित: Mar 05, 2025| 06:42 बुधबार, फागुन २१, २०८१
प्रतिक्रिया दिनुहोस्