आइतबार, साउन २४, २०८३

दुईजना एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला

 |  मंगलबार, फागुन २०, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०८१

मोरङमा महिला र पुरुष एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन्।

मंगलबार बिहान पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोला किनारमा रहेको पिठारीको रुखको एउटै हाँगोमा नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा उनीहरू फेला परेका इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

उनीहरु पथरीशनिश्चरे–५ का २४ वर्षीय अजय टुडू र मोरङको कटहरी गाउँपालिका–६ की २२ वर्षीया जुबामुनी हस्दा हुन्।

जुबामुनीका श्रीमान् कान्छा टुडू वैदेशिक रोजगारीका लागि विदेशमा छन्। अजयका ४ र २ वर्षका दुई छोरा छन् भने जुबामुनीका डेढ वर्षका छोरा रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक जानकारीअनुसार आइतबार राति जुबामुनी अजयको घरमा बसेकी थिइन्। अजयको घरमा खाना खाएर राति नै उनीहरू निस्किएको अनुमान छ।

स्थानीयले बिहान साढे १० बजेतिर मानिस झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थल अजयको घरबाट करिब १ किलोमिटर दक्षिणमा पर्छ।

प्रेम सम्बन्धमा समस्या उत्पन्न भएपछि आपसी सल्लाहमै आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

प्रकाशित: Mar 04, 2025| 17:10 मंगलबार, फागुन २०, २०८१
प्रतिक्रिया दिनुहोस्