सोमबार, असार १, २०८३

स्वास्थ्य कार्यक्रमका लागि करिब चार अर्ब निकासा

 |  मंगलबार, फागुन २०, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०८१
National life
Shivam cement

काठमाडौं- अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि थप रू तीन अर्ब ८४ करोड निकासा गरेको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासासम्बन्धी निर्णय गर्नु भएको उनको सचिवालयले जनाएको छ।

निकासा भएको रकममा स्वास्थ्य बीमा बोर्डलाई रू तीन अर्ब, ज्येष्ठ नागरिकको उपचारलगायतका लागि रू ६० करोड र मुटु रोगका बिरामीलाई निःशुल्क उपचारका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई रू २४ करोड रहेको अर्थमन्त्रालयले जनाएको छ।

प्रकाशित: Mar 04, 2025| 17:31 मंगलबार, फागुन २०, २०८१
प्रतिक्रिया दिनुहोस्