मंगलबार, पुस ८, २०८२

जिल्ला अस्पतालमै छैन बिजुली

 |  मंगलबार, फागुन २०, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०८१

सिमकोट- विद्युत् आपूर्ति नियमित नहुँदा जिल्ला अस्पतालको स्वास्थ्य सेवा प्रभावित बनेको छ। हिउँदयाममा दैनिक विद्युत् भारको कटौतीले जिल्ला अस्पतालको सेवा प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा प्रतीक्षा भारतीले बताइन्।

National life

अस्पतालमा एक्स–रे, प्रयोगशाला र दमका सेवाहरु सञ्चालनमा कठिनाइ भएको उनले बताइन्। दैनिक दर्जनौँ बिरामी मर्कामा पर्ने गरेका छन्। अस्पतालमै विद्युत् अनियमित भएपछि बिरामीहरुलाई दिनभर कुराउनाका साथै टाढाबाट आएकाहरु बढी समस्यामा पर्ने गरेको उनको भनाइ छ। 

तीन, चार दिनयता घाम नलागेर बाक्लो बादल लागेका कारण अस्पतालको सौर्य उर्जाले काम नगरेको र हेल्दुम वितरण केन्द्रले ‘लोडसेडिङ’ १४ घण्टासम्म गर्नुले थप समस्या भएको हो। अस्पतालका शय्यामा भर्ना भएका ६ जना दमका बिरामीलाई अक्सिजन दिन समस्या भएको छ। अधिकांश दमका बिरामीलाई फर्काउनुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ।

विद्युत् कार्यालयले भने खोलामा पानी कम भएका कारण सदरमुकाम सिमकोटसहित आसपासमा विद्युत् भारको कटौती जनाएको छ। विद्यतु कार्यालय प्रमुख जीतेन्द्र शाहले अस्पतालमा नियमित विद्युत् उपलब्ध गराएको दाबी गरे। ‘अस्पतालको आन्तरिक समस्याले विद्युत् लाइन उपलब्ध नभएको हुनसक्छ, हामीले अस्पताललाई विद्युत कटौती गरेका छैनौँ’, प्रमुख शाहले भने। 

अस्पताल मात्रै नभएर अन्य कार्यालय, स्थानीय उद्योग र स्थानीयसमेत विद्युत कटौतीको मारमा परेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 04, 2025| 17:01 मंगलबार, फागुन २०, २०८१
प्रतिक्रिया दिनुहोस्