मंगलबार, पुस ८, २०८२

विदेश फापेन, गाउँमै फूलखेती गर्दा मनग्य आम्दानी

 |  मंगलबार, फागुन २०, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०८१

दाङ- घोराही उपमहानगरपालिका-१४ झिङ्गौराका ३९ वर्षीय किसान लोकेन्द्र रोका मगरको बारीमा अहिले पनि सयपत्रिका फूल ढकमक्क फूलेका छन्। उनी बेमौसमी समयमा पनि फूल, माला बिक्री गर्न व्यस्त छन्।  

National life

'आजभोलि फूल चार सय रुपैयाँ किलो र माला सात सय ६५ देखि सात सय ९० रुपैयाँसम्ममा बिक्री गर्दै आएका छु' उनले भने।

चाडपर्वमा मात्रै नभइ मगरको बारीमा अघिपछि पनि फूल फूलिरहेको हुन्छ। व्यावसायिक रूपमा फूलखेती गरेका उनी यही व्यवसायमा सन्तुष्ट छन्। आम्दानीको पाटो पनि राम्रो भएको छ फूलखेतीबाट। फूलखेती गर्नुभन्दा अघि उनी वैदेशिक रोजगारमा थिए। 

'विगत लामो समयदेखि विदेशमा रोजगार गरेर फेर्केपछि फूलखेती थालेको हुँं', उनले भने, 'बाहिरी देशमा कमाएको भन्दा फूलखेतीबाटै आम्दानी हुने गरेको छ, अब विदेश नजाने बरु यही व्यवसायलाई अझ बढाउँदै लैजाने सोच छ।'

रोजगारीका सिलसिलामा सात वर्ष कतारमा बिताएका रोकामगरले दसैँ, तिहारलगायत पर्व एवं अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूलखेती गर्न थालेका हुन्।

Laxmi sunrise bank
kumari

उनले विगत १२ वर्षदेखि फूलखेती गर्दै आएका छन्। उनले गएको तिहारको समयमा डेढ बिघा जग्गा भाडामा लिएर फूलखेती गरेका थिए भने हाल दुई कठ्ठामा सयपत्रीका फूल उत्पादन गरिहेका छन्। अहिले घोराही, तुलसीपुर, लमहीलगायत ठाउँबाट फूलमालाको माग आइरहेको बताउँछन्।
 
'जिल्लामा चाडपवको समयमा मात्र फूलखेती गर्ने किसान धेरै भएकाले बेमौसमी समयमा मागअनुसारको फूलमाला पुर्याउनै सकिरहेको छैन', उनले भने, 'यो समयमा फूल चिसोका कारण मर्नेे भएकाले धेरै जोगाउन समस्या भएको हुँदा बढी क्षेत्रफलमा फूलखेती गर्न सकिँदैन, फागुन पहिलो हप्ताबाट बिक्री गर्न सुरु गरेको फूल जेठसम्म रहने छ।' विभिन्न सभा, सम्मेलन, कार्यक्रम र विवाह, पूजालगायतका कार्यमा फूलमाला बिक्री भइरहेको उनले बताए। 

घोराही-१४, झिङ्गौरामा यही फागुन २ देखि १८ गतेसम्म सञ्चालन भएको छैटौँ कृषि, पर्यटन तथा व्यापार महोत्सवमा किसान मगरले फूल, माला तथा विभिन्न फूलका बिरुवा बिक्री गरेर एक लाख ५० हजार बढी आम्दानी गरेको बताए।

साथै उनले विवाहको माला पनि तयार पारेर बिक्री गर्दै आएका छन्। उक्त माला एक हजार रुपैयाँमा बिक्री गर्ने गरेका छन्। किसान मगरले माला बनाउनका लागि विजलीको फूल पनि उत्पादन गरेका छन्। रासस

प्रकाशित: Mar 04, 2025| 18:01 मंगलबार, फागुन २०, २०८१
प्रतिक्रिया दिनुहोस्