मंगलबार, पुस ८, २०८२

सवारी दुर्घटनामा तीनको मृत्यु, ६ जना मृत फेला

 |  मंगलबार, फागुन २०, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०८१

महोत्तरी, बर्दिबास नगरपालिका-६ बंगलामुखी क्रसर छेउस्थित सडकमा म.प्र.०२- ००८ प १०८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-६ मनहरीपुर बस्ने २२ वर्षीय बिमल विकको मृत्यु भएको छ। 

National life

दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

यसैगरी महोत्तरी, पिपरा गाउँपालिका-६ छोटका पोखरीस्थित सडकमा रतौलीबाट रतनपुरतर्फ जाँदै गरेको ज.उ.म.न.पा.१ ख ०१०७७ नम्बरको ई-रिक्सा अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक धनुषा जनकपुरधाम उपमहानगरपालिका-७ बस्ने २५ वर्षीय रवीशंकर ठाकुरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो।

सर्लाही, चक्रघट्टा गाउँपालिका-२ बेल्हीस्थित सडकमा बीआर ३० पी १७०३ नम्बरको स्कार्पियो अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४० वर्षीय अमित कुमार अधिकारीको मृत्यु भएको छ। सोमबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवा हुँदै राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा थप उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

मृत फेला
झापा, बिर्तामोड नगरपालिका-१ स्थित टाइमलेस होटेल नजिकै सडकको किनारमा इलाम फाकफोकथुम गाउँपालिका-१ घर भएका ५० वर्षीय गोबिन्द बोहरा मंगलबार मृत अवस्थामा फेला परेका छन्।

Laxmi sunrise bank
kumari

यसैगरी झापा, अर्जुनधारा नगरपालिका-४ बिरिङ्ग खोलास्थित झोलुङ्गे पुल मुनी पानी जमेको खाडलमा सोही ठाउँ बस्ने ५८ वर्षीय कृष्ण दाहाल मंगलबार मृत अवस्थामा फेला परेका छन्।

कपिलवस्तु, कपिलवस्तु नगरपालिका-१२ बिठुवास्थित आँपको बगैंचामा सोही नगरपालिका-१२ सौराहा बस्ने १९ वर्षीय राजनाथ मल्लाह मंगलबार मृत अवस्थामा फेला परेका छन्।

यसैगरी कपिलवस्तु, कृष्णनगर नगरपालिका-१० झिङगास्थित खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन्।

मकवानपुर, राक्सिराङ गाउँपालिका-६ कोलडाँडा बस्ने ४९ वर्षीया सिता माया गलान सोही ठाउँस्थित सिलिङ्गे सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेकी छिन्।

रूकुम पश्चिम, मुसिकोट नगरपालिका-४ बस्ने ७० वर्षीया कमला वली सोही नगरपालिका-४ बाहुनडेरा राजापानीको जंगलमा सोमबार मृत अवस्थामा फेला परेकी छिन्।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Mar 04, 2025| 12:16 मंगलबार, फागुन २०, २०८१
प्रतिक्रिया दिनुहोस्