आइतबार, साउन २४, २०८३

पाल्पाको गल्धाफाँट र कठैडाँडा जोड्ने पुल शिलान्यास

 |  मंगलबार, फागुन २०, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०८१

पाल्पा- पाल्पाको निस्दी गाउँपालिका–५ स्थित निस्दी खोलामा पक्की पुल निर्माण प्रक्रिया अघि बढेको छ। गल्धाफाँट र कठैडाँडा जोड्ने गरी निस्दी खोलामा निर्माण हुने पुलको सोमबार शिलान्यास गरिएको हो।

दुई स्पानसहितको ५३ मिटर लम्बाइ र १० मिटर चौडाइ रहेको पुल निर्माण हुने भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव भीमार्जुन पाण्डेले जानकारी दिए। उनका अनुसार आरसिसी, टि–गर्डर मोटरेबल पुल ओपन फाउन्डेशन मोडलमा निर्माण हुनेछ।

सडक पूर्वाधार विकास कार्यालय पाल्पाले सात करोड १० लाख १९ हजार ६३३ रुपैयाँको लागत अनुमानसहित ठेक्का आह्वान गरेको थियो।

शुभलक्ष्मी–शुक्रकमली–हेभन जेभी कञ्चनपुरले भ्याटसहित पाँच करोड ९८ लाख ६३ हजार नौ सय ३३ लागतमा दुई वर्षभित्र सम्पन्न गर्नेगरी गत कात्तिक ४ गते ठेक्का सम्झौता गरी निर्माण थालनी गरेको जनाएको छ।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले पुल निर्माणको शिलान्यास गर्दै समयमा सम्पन्न गर्न मन्त्रालयले रकमको अभाव हुन नदिने बताए। यस पुलले गाउँका स्थानीयको जीवनस्तर उकास्न सघाउ पुग्ने उनको विश्वास छ।

प्रकाशित: Mar 04, 2025| 08:46 मंगलबार, फागुन २०, २०८१
प्रतिक्रिया दिनुहोस्